म आफ्नै मित्र त हो, छल किन गर्नुहुन्छ । (गजल)

कर्णाली दृष्टि संवाददाता १५ कार्तिक २०७७, शनिबार ०९:३०

आफ्नै मित्र त हो, छल किन गर्नुहुन्छ ।
आउनुहोस् कुरा गरम, मिस्कल किन गर्नुहुन्छ ।।

उठाउने बाहानामा नधकेल्नुस महोदय ।
म आफै ढलेको छु , बल किन गर्नुहुन्छ ।।

मुखले मात्र ठिक्क पार्ने माखो मार्न सक्या हैन ।
उहाँहरू संसद भित्र छलफल किन गर्नुहुन्छ ।।

लुट्न सम्म लुटेका छन लुट्नेको नै राज चल्छ ।
छाड्नुस अब सब्बल गैटी , गल किन गर्नुहुन्छ ।।

बैठक बस्ने भत्ता खाने सत्य बाहिर आउने हैन ।
भाको के हो भनिदिनुस आलटाल किन गर्नुहुन्छ ।।

  •   प्रेम थापा
    भैरवी गाउँपालिका -५, दैलेख

Next Post

दाङका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु ।

१५ कार्तिक २०७७, शनिबार ०९:३०
घोराही । दाङका एकजना कोरोना संक्रमित बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान मृत्यु भएको हो । उनी कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनमा […]

सम्बन्धित समाचार