कर्णालीका ३७७ मतदान केन्द्र अति संवेदनशील

कर्णालीदृष्टी संवाददाता २१ बैशाख २०७९, बुधबार ०७:४७

सुर्खेत । सुरक्षा निकायले कर्णाली प्रदेशका ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको बताएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रदेशका १० जिल्लाका ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको बताउनुभएको हो ।

कर्णाली प्रदेशमा ९०७ मतदानस्थल अन्तर्गत एक हजार ३८५ मतदान केन्द्र छन । कुल मतदान केन्द्रमध्ये ३३८ सामान्य, ६७० संवेदनशील र ३७७ अतिसंवेदनशील रहेको निमित्त प्रहरी नायब महानिरीक्षक बास्तोलाले बताउनुभयो ।

भौगोलिक विकटता, मतदान केन्द्रको दूरी, मतदाता संख्या, विगतको घटना विश्लेषण र राजनीतिक प्रभावलाई दृष्टिगत गरी मतदान केन्द्रको वर्गीकरण गरिएको र त्यहीअनुसार सुरक्षा प्रबन्ध मिलाएको उहाँले बताउनुभयो ।

‘कर्णाली प्रदेश एकीकृत सुरक्षा प्रणाली अन्तर्गत सामान्य, संवेदनशील र अतिसंवेदनशील मत केन्द्र वर्गीकरण गरेर हामीले प्रदेशभरि सात हजार ७१३ म्यादी प्रहरी परिचालन गरेको उहाले जानकारी दिनुभयो । त्यस्तै पाँच हजारको हाराहारीमा नेपाली प्रहरी पनि खटाइएको छ, म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित अवस्था मजबुत बन्ने देखिन्छ ।’

यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि हाल कर्णालीमा चार लाख ४९ हजार ३० महिला र चार लाख ५९ हजार ४०१ पुरुष गरी नौ लाख आठ हजार ४३३ मतदाता रहेका छन ।

Next Post

नेकपा एसकोे ठाटीकाँध गाउँ कमिटि एमालेमा समाहित

२१ बैशाख २०७९, बुधबार ०७:४७
दैलेख । दैलेखकोे ठाटीकाँध गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) को गाउँ कमिटि नै नेकपा एमालेमा समाहित भएको छ । आज एक संयुक्त विज्ञप्ती जारी गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीको ठाटीकाँध गाउँ कमिटि नै एमालेमा समाहित भएको हो । नेकपा एमाले ठाटीकाँध गाउँपालिका कमिटिका अध्यक्ष कुमार विक्रम शाही र नेकपा (एकीकृत समाजवादी) […]