आज काठमाडौं उपत्यकामा यस वर्षकै चिसो

चक्र प्रसाद पोख्रेल ११ पुष २०७७, शनिबार ११:२१

काठमाडौं :आज काठमाडौं उपत्यकामा यसवर्षकै चिसो महसुस गरिएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुसार आज बिहान पौने ६ बजे उपत्यकाको न्यूनतम तापक्रम १ दशमलब ३ डिग्री सेल्सियस मापन भएको छ । पुष ३ मा उपत्यकाको तामक्रम १ दशमलब ६ डिग्री सेल्सियस मापन गरिएको थियो।

उपत्यकाको आजको अधिकतम तापक्रम २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ। अहिले तराईका भू–भागका थोरै स्थानहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ र बाँकी स्थानको मौसम सफा रहेको छ।

Next Post

बिरोधमा रमाएर क्रान्तिकारी बन्ने र युवाहरू सडकमा उफार्ने राजनीतिले कहिल्यै गन्तब्य पाउने छैन, : भिम उपाध्याय ।

११ पुष २०७७, शनिबार ११:२१
नेपालको राजनीति सधैँ कसै न कसैको बिरोधमा केन्द्रित हुदै आएको छ । बिरोध गरेर प्राप्त सफलता क्षणिक हुन्छ त्यो पनि कसैको बिरोधबाट नै अवसान हुन पुग्छ । पञ्चायती व्यवस्थामा राजाको विरोध भएको थियो, पञ्चायती पद्दतिको हैन । त्यस्तै ०४७ सालपछिको बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा सुरूमा गिरिजा प्रसाद कोइरालाको बिरोध र पछि […]