रारातालमा भएको पाँचौं रारा ट्रेल रनको उपाधि जुम्लाका युवकराज बुढा र सुनमाया बुढाले हात पारेका छन् ।, पुरुषतर्फ कनकासुन्दरी गाउँपालिका(३ लुमका युवकराज र महिलातर्फ पातारासी गाउँपालिका(२ की सुनमायाले उपाधि चुमेका हुन् ।
ट्रेल रनमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीहरुलाई क्रमशः जनही ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
ट्रेल रनमा प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, सेनाका उत्तर–पश्चिम पृतना उपरथी अनुपजंग थापा, सहायक रथी सञ्जय देउजा, गुल्मपति खीमबहादुर अधिकारीलगायत सहभागी थिए ।
कर्णालीको रारा प्राकृतिक सुन्दरताले मात्र भरिएको छैन, खेल पर्यटनका हिसाबले पनि उत्तकै अब्बल छ भन्ने सन्देश फैलाउन हरेक वर्ष ट्रेल रनको आयोजना भइरहेको गुल्मपति अधिकारीले बताए । यो रेसले पर्यटन प्रवद्र्धन र प्रचारप्रसारको काम गरिरहेको छ, गुल्मपति अधिकारीले भने, ‘खेलाडीको उत्पादन पनि गरिरहेको छ ।’