आगामी आर्थिक वर्षका लागि सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट 

कर्णालीदृष्टि संवाददाता १७ जेष्ठ २०८२, शुक्रबार ०८:३९

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२र०८३ को बजेट भाषणका क्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब नौ करोड र पुँजीगत चार खर्ब सात अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।

यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड ९६०।०१ प्रतिशत०, पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ ९१९।१ प्रतिशत० विनियोजन गरिएको छ । उक्त बजेट यस वर्षको सुरुको विनियोजनको तुलनामा ५।६ प्रतिशतले बढी र संशोधनको तुलनामा १८।२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो ।

उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब र अनुदानबाट ५३ अर्ब रूपैयाँ जुटाइने अनुमान गरिएको

Next Post

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

१७ जेष्ठ २०८२, शुक्रबार ०८:३९
सुर्खेत । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र सात प्राथमिकता सुनाएका छन् । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो साउनदेखि कार्यान्वयन हुने वार्षिक बजेट वक्तव्य ९आर्थिक वर्ष २०८२र८३० वाचन गर्दै अर्थमन्त्री पौडेलले बजेटका पाँच उद्देश्य र सात प्राथमिकताबारे उल्लेख गरेका हुन् । पाँच उद्देश्य १।आगामी बजेट कार्यान्वयनमार्फत उच्च […]

सम्बन्धित समाचार