नारायण ११ र महाबू ५ मा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न

कर्णालीदृष्टी संवाददाता ४ मंसिर २०७८, शनिबार १७:३४

नेकपा माओवादी केन्द्रको नारायण नगरपालीका वडा नम्बर ११ मा  वडा भेला सम्पन्न भएको छ । नारायण नगरपालीका वडा नम्बर ११ का पुर्व वडा अध्यक्ष तेज बहादुर बिश्वकर्माको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका पुर्व संबिधानसभा सदस्य एव.म नारायण नगर ईन्चार्ज ललीता रेग्मीको प्रमुख आतीथ्यतामा सम्पन्न भेलावाट दिनेश रम्तेलको अध्यक्षतामा २९ सदस्यीय वडा कमीटि गठन गरिएको छ ।

कमीटिको उपाध्यक्षमा गिता बिष्ट, सचिवमा तिर्थबहादूर हमाल, कोसाध्यक्षमा खड्ग बहादूर बि.क लगाएत २९ सदस्यीय नेकपा माओवादी केन्द्र नारायण नगरपालीका ११ नम्बर वडा कमीटि गठन गरिएको बताईएको छ ।

यसैबिच नेपाल कम्यूष्ट पार्टी (नेकपा) माओवादी केन्द्र महाबु गाउपालीका ५ दैलेखकोे प्रथम वडा सम्मेलन आज सम्पन्न भएको छ । महाबू गाउपालीकाको कासिकाधमा आयोजित सम्मेलनबाट तेज बहादूर बमको अध्यक्षतामा २९ सदस्यीय नेकपा माओवादी केन्द्रको नया वडा कमीटि गठन गरिएको हो ।

नबगठीत वडा कमीटिको उपाध्यक्षमा भक्त बहादूर शाही, सचिबमा रमेश बराल, कोसाध्यक्षमा लक्ष्मी कुमारी शाही, सह सचिवमा चित्र ब. बिक लगाएत २९ सदस्यीय वडा कमीटि गठन गरिएको बताईएको छ ।

सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्र महाबू गाउपालीकाका ईन्चार्ज जंग बबहादूर बरालले संबिधानको ईन्जीनीयर माओवादी केन्द्र नै भएको बताउदै राजतन्त्र फालेर गणतन्त्र ल्याउने पनि माओवादी नै भएको बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका बरालले सिंगो देशको पहिचान दिने काम माओवादी केन्द्रले गरेको दावी गर्दै अहीले देश माओवादीकै एजेण्डेमा चलीरहेको जिकीर समेत गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) ले आज देशभर पार्टीको वडा अधिवेशन गर्दैछ । आज देशभरका ६ हजार ७ सय ४३ वडामा अधिवेशन गर्न लागिएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार हिमाली जिल्लामा मौसमका कारण केही प्रभावित हुने सम्भावना देखिएपनि अरु जिल्लामा भने अधिवेशन हुनेछ । समितिले आउँदो ११ गते पालिका र २५ गते सातै प्रदेशमा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्दैछ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ ।

Next Post

जुम्लामा जीप दुर्घटना एक जनाको ज्यान गयो, सात घाइते

४ मंसिर २०७८, शनिबार १७:३४
जुम्ला । जुम्लाको पातारासीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । पातारासी गाउँपालिका लासीबाट उर्थुतिर आउँदै गरेको ग १ झ ५८८४ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि पातारासी–७ रिनीकी ४६ वर्षीया दन्दकली बोहोराको ज्यान गएको हो । दुर्घटनामा […]