दैलेखकी एक महिला झुण्डिएको अवस्थामा मृत फेला

प्रारम्भिक अनुसन्धान जारी

कृष्ण शर्मा २८ भाद्र २०७८, सोमबार १३:२०

दैलेख : चामुण्डा विन्द्रासैनि नगरपालिका वडा न.५ बेरुखान निवासी एक महिला पासो लगाई झुण्डिएको अवस्थामा  मृत फेलापरेकी छन ।

सोहि ठाउँ निवासी दिनेश देवकोटाको श्रीमती बर्ष २७ कि भावना देवकोटा सोमबार बिहान पासो लगाई झुण्डिएको अवस्थामा  मृत फेलापरेकी हुन ।

हिजो आईतबार राति साँढे आठ बजेको समयमा आफ्नै घर देखि तल्लो अर्को आफ्नै घरमा सुत्न जान्छु भनि निस्किएकी उनि सोमवार  बिहान पासो लगाई झुण्डिएको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यलय दैैलेखले जाकारी दिईएको छ ।

अहिले थप अनुसन्धानकालागि प्रहरी साहाएक निरीक्षक मोहनसिंह पुजाराको कमाण्डामा ३ जनाको टोली खटिगएको र ईलाका प्रहरी कार्यालय दुल्लु बाट प्रहरी निरिक्षक नेत्र बुढाको कमाण्डमा ५ जनाको टोली खटिगइ प्रारम्भिक अनुसन्धान कार्य भईरहेको बताईएको छ ।

Next Post

२८ भाद्र २०७८, सोमबार १३:२०
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपा भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकाले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सीमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको […]