जुम्लाको सिंजामा पहिलो पोषण प्रदर्शनी, कुपोषण न्युनिकरणमा रैथाने बालीमा जोड

कर्णालीदृष्टि संवाददाता ६ असार २०८२, शुक्रबार २३:२३

जुम्ला । जुम्लामा कूपोषण न्युनिकरणका लागि उत्पादन बृद्धिमा स्थानीयतहले जोड दिनुपर्ने सरोकारवालाले बताएका छन् ।

जुम्लाको सिंजा गाउँपालिकाले पहिलो पटक आयोजना गरेको पोषण प्रदशनी मेलामा सहभागी सरोकारवालाले रैथाने बालीको उत्पादन बढाउनु पर्नेमा जोड दिएका हुन् । रैथानेबालीको उपभोग बढाएर मातृशिशुमा हुने कूपोषणलाई शुन्यमा झार्ने र आम नागरिकलाई असल खानपानका विषयमा जानकारी दिन सिंजामा पोषण प्रर्दशनी मेला गरेको हो । मेलाका जुम्लामा उत्पादन हुने रैथानेबाली,मार्सीधानको चामल,चिनो,कागुनो,कोदो फापर,मकै गहुँ जौ लगायतका बाली र तीनका परिकार समेत प्रर्दशनीमा राखिएको थियो । मेलामा सहभागी सुनौला हजार दिनमा आमाहरुलाई पोषण बृद्धिका विषयमा समेत सिकाइएको थियो ।जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले पोषणा अबस्था सुधारका लागि उत्पादनमुखी नीति र बजेट ल्याउनु पर्ने बताए । पूर्वाधार विकासमा मात्र केन्द्रित नभई पोषण स्थिती सुधारमा लगानी बढाउन जरुरी छ ।

सानैमा विहे गर्ने,खाना भन्दा काममा बढि ध्यान दिने, जस्ता कारणले पोषण स्थित निकै कमजोर छ । पोषण प्रर्दशनी मेलामा मात्र सिमित नभई उत्पादन बढाउन तर्फ केन्द्रित हुनु आबश्यक छ । जुम्लाकै पहिलो पोषण प्रर्दशनी गरेको सिंजाले आगामी मंसिर ९ गते पालिकालाईनै पोषणमैत्री घोषणा गर्ने तयारी गरेको छ । त्यसैले असार १० गते आउने नीति र बजेटमा उत्पादनमुखी क्षेत्रलाई प्रथामिकता दिए समते सुझाव दिए ।पोषणमैत्री पालिका घोषणा तयार गरिरहँदा सिंजामा मासुको उत्पादन कति छ रु रैथाने उत्पादन कति छ रु आबश्यक कति हो रु अपुग कति छ रु उपलब्धता कति भन्ने विषयमा घरधुरी सर्वेक्षण गरेर लगत्त संकलन गर्नुपर्नेमा समेत जोड दिईएको छ । पेश नेपालले सिंजाका तीन पालिका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकामा विद्यालयको शैक्षिक पूर्वाधार विकास,विज्ञान प्रयोगशाला निर्माणसंगै बालबालिकाको सिकाई तथा पोषण बृद्धिका लागि काम गर्दै आएको छ ।

जसले गर्दा अनुदारमा निर्भर स्थानीय तहहरुलाई काम गर्न सहज भएको छ । सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले पालिकाका कूपोषणलाई शुन्यमा झार्न रैथानेबालीको उत्पादन बढाउन तर्फ ध्यान दिनुपर्ने उल्लेख गरे जनप्रतिनिधिको भूमिका नीति बनाउने हो । उनले भने, रैथानेबालीको उत्पादन घटीरहेको अबस्था पोषणमा सुधार ल्याउन असम्भव हुन्छ । त्यसैले आगामी बजेटमा उत्पादनमुखी क्षेत्रमा विशेष प्रथामिकता दिने छौ । सिंजा गाउँपालिकाको पोषणा अबस्था सुधारका लागि प्लान ईन्टरनेश्नल नेपाल र पेश नेपालले उल्लेखीय रुपमा सहयोग गरेकोमा धन्यबाद दिए । कार्यक्रममा पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले पोषण सुधारका लागि उत्पादन बढाउनुपर्ने बताए । क्रमिक रुपमा रैथानेबालीको उत्पादन घट्दै गएकोले पोषण अबस्था सुधारमा चुनौती देखिएको छ । उनले भने, सिंजाका सबै स्वास्थ्य संस्था पोषणमैत्री घोषणा भएका छन् । घोषणा कार्यान्वयनका लागि उत्पादन बढाउनुको विकल्प छैन् ।

पोषण सुधारका लागि गैरसरकारी संस्थाहले गरिरहेका कामलाई संस्थागत दिगो विकास गर्न जरुरी छ । सिंजा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले पोषणमैत्री स्वास्थ्य संस्थाका १६ वटै सूचक पूरा गरेर जुम्लाकै पहिलो पालिकाका रुपमा पोषण प्रर्दनी गरिएको बताए । दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म नेपालमा सबै प्रकारका कुपोषण अन्त्य गर्ने संकल्प गरिएको छ । सोही लक्ष्यपुर्तिका लागि कर्णालीका ७९ वटै पालिका मध्य सिंजा पोषण प्रर्दशनी गर्ने पहिलो पालिका बनेको स्वास्थ्य संयोजक रोकायाले उल्लेख गरे । पोषण प्रर्दशनीले गर्भवती आमालाई रैथाने उत्पादन खाने र किसानलाई उत्पादनमा प्रेरित गरेको छ । भविष्यको दक्ष जनशक्ति बनाउन अनिवार्य खोपसंगै पोषिलो खाने कूरामा अभिभावक सचेत हुनु पर्नेमा रोकायाले जोड दिए ।

Next Post

हुम्लाको सिमकोट सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिने तयारी अन्तिम चरणमा

६ असार २०८२, शुक्रबार २३:२३
हुम्ला । हुम्ला खार्पुनाथको खार्पु हुँदै बग्ने चुवाखोला–कर्णाली नदीमाथि निर्माण भइरहेको बेलिब्रिज अन्तिम चरणमा पुगेको छ । ९९ प्रतिशत काम भइसकेको बेलिब्रिज जडान भएसँगै हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना पूरा हुने भएको हो । नेपाली सेनाका अनुसार बेलिब्रिज केही दिनभित्रै सञ्चालनमा आउनेछ । […]