सल्यानमा रूखबाट लडेर एक महिलाको मृत्यु

कर्णालीदृष्टी संवाददाता १५ पुष २०७८, बिहीबार १५:२८

सल्यान । सल्यान जिल्लामा घाँस काट्न गएकी महिलाको रूखबाट लडेर मृत्यु भएको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका २ डिग्रे निवासी ५४ वर्यीया भीमा घर्तिको रुखबाट लडेर मृत्यु भएको हो ।

बुधबार बिहान ९ बजे घाँस काट्न निस्केकी घर्ति दिउँसो ४ बजेसम्म घर नफर्केपछि खोज्न जाँदा बुधबार राति घर नजिकै रूखबाट लडेर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्यामप्रसाद यादवले बताउनुभयो ।

घर्तिको शव आज (बिहिबार) बिहान जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

बादी समुदायका बालबालिका पढाइबाट वञ्चित

१५ पुष २०७८, बिहीबार १५:२८
सुर्खेत । दैलेख, कालिकोट, रुकूम पश्चिम लगायतका झन्डै १ सय २० बालबालिकालाई बादी सरोकार मञ्चले होस्टल स्थापना गरी सुर्खेतको वीरेन्द्रनगरमा पालनपोषण गरिरहेको छ । त्यसमध्यका ४४ जनाले नियमित विद्यालय जान पाएका छन । अन्य ७६ जना ५ महिनादेखि पठनपाठनबाट वञ्चित छन । दैलेखको दुल्लु नगरपालिकाका १४ वर्षी सुनील बादी पनि त्यही होस्टलमा बस्दै […]