हप्तामा दुई दिन बिदा दिने सरकारकाे निर्णय

कर्णालीदृष्टी संवाददाता १५ बैशाख २०७९, बिहीबार ०६:३८

काठमाण्डाै – सरकारले आउँदो जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

हप्तामा दुई दिन बिदा दिएपछि अरू दिन भने बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय समय कायम गरेको मन्त्री कार्कीले बताउनुभयो । यो बिदा परीक्षणका रूपमा रहने उहाँले बताउनुभयो ।

Next Post

उद्योग वाणिज्य संघ दैलेखद्धारा मुख्यमन्त्री शाहीलाई १६ बुदे मागपत्र हस्तान्तरण

१५ बैशाख २०७९, बिहीबार ०६:३८
दैलेख । दैलेख उद्योग वाणिज्य संघ दैलेखले कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादूर शाहीलाई बिभिन्न १६ बुदे माग पत्र हस्तान्तरण गरेको छ । बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादूर शाहीलाई भेटी उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादूर विकको अध्यक्षतामा संघका पदाधिकाररिहरुको टोलीले १६ बुदे मागपत्र हस्तान्तरण गरेको उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुल […]