दैलेख । दैलेखको महावू गाउपालिकाले ज्येष्ठ नागरिकका लागि सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्तालाई वडा तहबाटै वितरण गर्ने भएको छ ।
गाउपालिकले सोमबार एक प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ‘भत्ता बुझ्नकै लागि वृद्धवृद्धालाई बैंक धाउनुपर्ने दुःखलाई मेट्नका लागि वडा तहबाटै वितरण गर्ने प्रतिवद्धता गरेको छ । सम्बन्धित बैंकसँग समन्वय गरी प्रतिवद्धता कार्यान्वयन गरिने पत्रमा उल्लेख गरिएको छ ।
यस्तै पालिकाभित्रका ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका र अशक्त असहाय नागरिकको घरदैलोमा सामान्य प्राथमिक तहको उपचार गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।