दाङमा बँदेलको आक्रमणबाट चार जना गम्भीर घाइते

चक्र प्रसाद पोख्रेल १९ पुष २०७७, आईतवार १२:०५

दाङ :जंगली बँदेलको आक्रमणबाट दाङमा चार जना गम्भीर घाइते भएका छन् ।शनिबार दाउरा काट्न बकेन सामुदायिक वनमा गएका आठ जनामध्ये चार जनालाई बँदेलले आक्रमण गरेको प्रत्यक्षदर्शी विनिता चौधरीले जानकारी दिइन ।

घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरूवा गाउँका ४० वर्षीया हिरादेवि चौधरी, २ नम्बर वडा डोढइका ८ वर्षीय शिरीष गिरी, त्यही ठाउँका ५५ वर्षीया धनिया चौधरी रहनु भएको छ । घाइते एक जनाको नाम र ठेगाना खुल्न सकेको छैन ।

घाइतेहरूको खुट्टामा गम्भीर चोट लागेको छ । घाइतेमध्ये दुईजनालाई लमही र फलोरेन्स् अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ भने अन्य दुईजना घाइतेको उपचार लमही अस्पतालमा भइरहेको छ ।

Next Post

सिमीकोटमा दैनिक ११ घण्टा लोडसेडिङ, एसईईको तयारी गरिरहेका विद्यार्थी समस्यामा

१९ पुष २०७७, आईतवार १२:०५
हुम्ला:हुम्लाको सदरमुकाम सिमीकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसईई तयारी गरिरहेका विद्यार्थी समस्यामा परेका छन् । लोडसेडिङले आउने जेठमा एसईई तयारी गर्नका लागि सिमीकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमीकोटवासीको दैनिकीमा समस्या भएको छ । कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमीकोटमा लामो समय लोडसेडिङ हुन […]