बालबिवाह गरेको कसूरमा दैलेखमा दुई जना पक्राउ

कर्णालीदृष्टी संवाददाता ६ मंसिर २०७८, सोमबार ०६:५२

दैलेख । बालबिवाहा गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय दैलेखले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको चामुण्डाबिन्द्रासैनि नगरपालीका वडा नम्बर २ बस्ने भक्तीराम कंडेल र एक बालीका रहेको प्रहरीले जनाएको छ ।

यहि मंसिर ३ गते बालीकालाई ललाई फकाई गरी बिभीन्न प्रलोभनमा पारी घरमा ल्याएर राखेकोे भन्ने सुचनाको आधारमा उनीहरुलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेश्वर प्रसाद शाहले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनासंग थप अनुसन्धान गर्नका लागी जिल्ला अदालत दैलेखबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Next Post

विश्व सम्झना दिवश दैलेखमा पनि मनाईयो

६ मंसिर २०७८, सोमबार ०६:५२
दैलेख । सडक दुुर्घटनामा दिवंगत हुने आत्माहरु तथा सम्पूर्ण पीडित प्रति सर्मपित गर्दै विश्व सम्झना दिवश दैलेखमा पनि मनाईएको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखको आयोजनामा आईतबार साझ सदरमुकामको देवकोटा चौकमा सडक दुर्घटनाबाट ज्यान गुमाएकाहरुको सम्झनामा विश्व सम्झना दिवश मनाईएको हो । नेपालमा दोस्रो मुख्य कारण सडक दुर्घटनाबाट […]