जाजरकोट । जिल्लाको छेडागाड नगरपालिका–८ मा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटना नाउरीघाट क्षेत्रमा घोगीदेखि थलह जाँदै गर्दा भएको हो । स्थानीयवासी खड्कबहादुर बुढाका अनुसार दुर्घटनामा २५ वर्षीय राजु अधिकारी र ६५ वर्षीय नन्दकला अधिकारीको मृत्यु भएको छ ।
जिपमा चालकसहित पाँच जना सवार थिए। दुर्घटनामा अन्य दुई जना यात्रु र चालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माले घटनास्थलमा प्रहरी पुगिसकेको र विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।



