दशौँ राष्ट्रिय खेलकुदको तयारी छिटो गर्न मुख्यमन्त्रीको आग्रह

कर्णाली दृष्टि संवाददाता २ माघ २०८२, बिहीबार ०७:४४

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सङ्घीय सरकारले आफ्नो पूर्वतयारी छिटो गर्न आग्रह गरेका छन् ।, उनले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, वन तथा वातावरण, भौतिक पूर्वाधारमन्त्री माधवप्रसाद चौलागाईँसहितको प्रतिनिधिमण्डलसँग मंगलबार सुर्खेतमा भएको छलफलमा मुख्यमन्त्री कँडेलले प्रतियोगिताको मितिमात्र तोकेर नहुने, आफ्नोतर्फबाट छिटो तयारी गर्न आग्रह गरेका हुन् ।

मुख्यमन्त्री कँडेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्न प्रदेश सरकार तयार रहेको र प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताए ।

उनले भने, “तपाईँहरू खेलकुद खेलाउनेगरी आउनुस्, हाम्रो तर्फबाट पूर्ण सहयोग रहन्छ, तर पटकपटक मिति तोकेर भुक्याउने काम नगर्नुस् ।”

मुख्यमन्त्री कँडेलले खेलकुदका लागि चाहिने सामग्रीसमेत खरिद नगरेकाले फागुनमा कसरी खेल खेलाउनुहुन्छ भन्ने प्रश्नसमेत गरेका छन।

Next Post

कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छु । सभापति गगन थापा

२ माघ २०८२, बिहीबार ०७:४४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकर्ताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवेशनस्थलमा नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेसका सदस्यले पार्टीप्रति गर्व गर्ने अवस्था निर्माण भएको बताए । […]