मुगु । जिल्ला अस्पताल मुगुमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा उपचारका लागि आउने बिरामीले गम्भीर समस्या भोग्दै आएका छन् । अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने सुविधा भए पनि रगतको अभावका कारण धेरै बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था रहेको छ । जिल्ला अस्पताल मुगुका प्रमुख डा. निर्मल नगरकोटीका अनुसार सुत्केरी महिलामध्ये कतिपयको अपरेसन आवश्यक पर्ने भए पनि सुरक्षित रूपमा शल्यक्रिया गर्न रगत उपलब्ध नहुँदा उपचार अघि बढाउन कठिनाइ हुने गरेको छ । “रगत सुनिश्चित नभएसम्म अपरेसन गर्नु निकै जोखिमपूर्ण हुन्छ,” उहाँले भन्नुभयो । अस्पतालमा मुगु मात्र होइन, छिमेकी जिल्ला हुम्लाबाट समेत बिरामी आउने गरेका छन् ।
तर आवश्यक मात्रामा रगत नहुँदा धेरैलाई जुम्ला, सुर्खेत, नेपालगन्ज वा काठमाडौँसम्म रेफर गर्नुपर्ने बाध्यता रहेको डा. नगरकोटीले बताउनुभयो । हाल रगत आवश्यक पर्दा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सामाजिक अभियन्ताको सहयोगमा व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ । जिल्ला अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना नहुँदा सेवाग्राहीले अनावश्यक दुःख पाउनु परेको छायानाथ रारा नगरपालिका–१४ का स्थानीय नन्दबहादुर बुढाले गुनासो गर्नुभयो । रक्त अभावकै कारण सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता रहेको भन्दै स्थानीयवासीले जिल्ला अस्पतालमै रक्त सञ्चार केन्द्र स्थापना गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।