भैरव कृषि सहकारी संस्था दुल्लूको १० औ साधारणसभा सम्पन्न

झलक गीरी ११ माघ २०७७, आईतवार ०८:२०


दैलेख : दैलेखको दुल्लु नगरपालिका ११ (भुकाँहा) मा रहेको भैरव कृषि सहकारी संस्थाको १० औ साधारणसभामा अध्यक्ष ब्रह्म प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको  छ । साबिक  मालिका, छिउडीपुसाकोट र कालभैरव कार्यक्षेत्र रहेको सहकारीमा ११६ महिल ११८ पुरुष गरि २३४ जना शेयर सदस्य रहेका छन । सहकारीका ब्याबस्थापक प्रेमप्रकाश न्यौपानेले सस्थाको प्रगती प्रतिबेदन प्रस्तुत गरेका छन सहकारिले ३ लाख ८६ हजार मुनाफा गरेको छ । कालभैरब कृषि को लागि प्रचुर संभावना भएको र प्राकृतिक श्रोत ब्याबस्थापन कलेजको स्थापनाले यो क्षेत्रको उत्पादकत्व क्षमता वृद्धि गर्ने धारणा समेत न्यौपानेले बताए । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले अब कृषिजन्य उत्पादनमा सबै लाग्नुपर्ने र नगरपालिकाले पनि सहयोग गर्ने साथै उत्पादित बस्तुको बजारीकरणको जिम्मा समेत नगरपालिकाले लिने बताए । कार्यक्रमका विशेष अतिथि भरत रिजालले दूध, मासु, नगदेबाली र तरकारीमा भैरब कृषि सहकारीले योगदान दिन सक्ने धारणा राखे कार्यक्रमा टंकप्रसाद रिमाल,कृष्ण भण्डारी , सहितले धारणा राखेका थिए ।

Next Post

कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’आज सातै प्रदेशमा पठाइदै

११ माघ २०७७, आईतवार ०८:२०
काठमाडौंः कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गरिने छ । त्यसपछि पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । सम्भवतः आगामी बुधबारदेखि […]