दैलेख जिल्लाभर ६९ हजारले कोरोनाबिरुद्धको खोप लगाए

कर्णालीदृष्टी संवाददाता २८ मंसिर २०७८, मंगलवार ०७:०७

दैलेख । दैलेख जिल्लाका ६९ हजार नागरीकहरुले कोरोना भाईरस बिरुद्धको खोप लगाएका छन । स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार हाल सम्म जिल्लाका ६९ हजार नागरीकले कोरोना भाईरस बिरुद्धको पुर्ण मात्रा खोप लगाएका हुन ।

सोमबार दैलेखमा आयोजित पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा ७८ हजार जनाले कोरोना बिरुद्धको पहिलोमात्रा खोप लगाएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमीत्त कार्यालय प्रमुख थिर प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उहाका अनुसार जिल्लामा १ लाख ९८ हजार जनालाई खोप लगाउने लक्ष्य रहेको छ । जसअनुसार ६९ हजार जनाले दुवै मात्रा, ७८ हजार जनाले पहिलो मात्रा खोप लगाएको र अब बाकी ४० हजार जनालाई आगामी माघ महिना सम्ममा खोप लगाईसक्ने तयारी भैरहेको छ ।

दैलेखका प्रत्येक स्थानीय तहमा रहेका सबैजसो स्वास्थ्य सस्थाहरुबाट खोप लगाउने अभियान सञ्चालन भैरहेका छन । तर खोप कार्यक्रममा सबै नागरीकहरु भने सहभागी नहुने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखको भनाई छ ।

दैलेखमा अहिले प्रयाप्त मात्रामा खोप रहेकाले जिल्लामा रहेका सबै नागरीकहरुलाई खोप अभियान कार्यक्रम अन्र्तरगत तोकिएको खोप केन्द्रमा पुगेर अनीवार्य रुपमा खोप लगाउन स्वास्थ्य सेवा कार्यालय दैलेखका निमीत्त प्रमुख रेग्मीले आग्रह गर्नुभएको छ ।

यस्तै दैलेखमा १२ बर्ष देखी १८ बर्ष भन्दा मुनीका बालबालीकाहरुलाई समेत खोप लगाईने हुदा सबै बालबालीकाहरुलाई ताकिएको खोप केन्द्रमा पुगेर खोप लगाउन स्वास्थ्य सेवा कार्यालय दैलेखले आग्रह गरेको छ ।

Next Post

देउवालाई ८२ मत पुगेन : सभापति चयनका लागि पुनः मतदान हुने

२८ मंसिर २०७८, मंगलवार ०७:०७
काठमाण्डाै – कांग्रेस सभापतिको चयनका लागि फेरि मतदान हुने भएको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो । सभापतिका लागि शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ […]