प्रधानमन्त्री र मन्त्रीलाई बहिस्कार गरौं :नेतृ झाँक्री

चक्र प्रसाद पोख्रेल २६ पुष २०७७, आईतवार १९:३३

विराटनगरः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नेतृ रामकुमारी झाँक्रीले प्रतिगमनकारी सरकारमा रहेका मन्त्री र प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएकी छन् ।अखिलको जिल्लास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनलाई सशक्त बनाउन मन्त्री र प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएकी हुन् ।

पार्टी विभानजनपछि पनि चुनाव चिह्नको विषयमा विवाद गर्दै बसेको बताउँदै उनले नेताहरुको आलोचना गरिन् । ‘तपाईंलाई झण्डा आएर, चिह्न आएन भने के गर्नुहुन्छ ? त्यसैमा सति जानुहुन्छ ? तपाईंले बन्द गरेको पार्टी कार्यालयमा अरुले भोटो ताल्चा लगायो भने राजनीति छोड्नु हुन्छ की राजनीति बचाउनु हुन्छ ?’ उनले भनिन्, ‘तपाईंको राजनीति बच्यो भने झण्डा, ब्यानर, आन्दोलन, इतिहास स्थापित गर्ने हामीले होइन् ? ढुङ्गामा चिह्न खोपेर ल्याएर आन्दोलन स्थापित गरेको हो र ?’

पार्टीको आन्दोलनमा डरलाग्दो अवसरवाद विकास भएको बताउँदै उनले प्रतिगमनविरुद्ध कडा संघर्ष गर्नुपर्ने बताइन् । केपी शर्मा ओलीले पूर्वएमाले एक ठाउँमा हुने भन्दै आन्दोलनलाई बिसर्जन गर्न खोजेको उनले आरोप लगाइन् । ओली सधैं छलछाममा गरेर अघि बढेको बताउँदै उनले छलछाम गर्नेको पछि नलाग्न अपिल गरिन् ।

Next Post

दैलेखमा लागुऔषध ब्राउनसुगरसहित युवा /युवती पक्राउ

२६ पुष २०७७, आईतवार १९:३३
दैलेख:  दैलेख प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हिरोइन(ब्राउनसुगर)सहित आइतबार साँझ दुईजनालाई पक्राउ गरेको छ । बाँके कोहलपुर नगरपालिका-१०, कालीकानगरका २७ वर्षीया सिर्जना गुरुङ र सोही जिल्ला बैजनाथ गाउँपालिका-१, गाभरका २१ वर्षीय विशाल रोकायलाई प्रहरीले पक्राउ गरेको हो । दैलेखको गुराँस गाउँपालिका-२, तल्लोडुङ्गेश्वर प्रहरी चेकपोष्ट नजिकै सडकखण्डमा शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा खानतलासी […]