प्रचण्ड–माधव समूहले, संसद् पुनःस्थापना भए प्रधानमन्त्री बन्न देउवालाई दिए अफर

कर्णाली दृष्टि संवाददाता १ माघ २०७७, बिहीबार ०८:०७

काठमाडौ : नेकपाको प्रचण्ड–माधव नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न काँग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । प्रचण्ड–माधवले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनः स्थापित भएको अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको अफर गरेका छन् ।

बुधबार साँझ ६ बजेदेखि ८ बजेसम्म राजधानीमा देउवासँग भएको गोप्य भेटमा प्रचण्ड–माधवले संयुक्त संर्घषदेखि सत्ता सहकार्यसम्मको प्रस्ताव गरेका हुन् । देउवाले प्रचण्ड–माधवको प्रस्ताव पार्टीको बैठकमा राख्ने र त्यहाँबाट आएको निचोडपछि फेरि छलफल गर्ने बताएका छन् ।

प्रचण्डले ‘तपाईंले किन यति धेरै चुनावमा जोड दिइरहनुभएको छ ?’ भनेर सोधेका थिए । जवाफमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेको भए पनि चुनावमा जानु लोकतान्त्रिक विधि भएको बताए ।

त्यसपछि प्रचण्डले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भनेर सडकमा जाँदा र सडकबाटै चुनावको वकालत गर्दा लोकतन्त्र नै धरापमा परेको भनाइ राखेका थिए ।

  कान्तिपुर दैनिकमा

Next Post

काठमाडौंको भद्रकालीमा चन्द्रागिरि यातायातको बस पल्टियो

१ माघ २०७७, बिहीबार ०८:०७
काठमाडौं :रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दुर्घटना भएको छ । भद्रकाली नजिकैको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ७ः५५ बजेतिर सडकमै पल्टिएको हो बसमा तीन जना सवार थिए । तर दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । […]