कर्मचारीलाई कोरोना देखिएपछि वाणिज्य बैंक सुर्खेत शाखा बन्द

कर्णालीदृष्टी संवाददाता ३ माघ २०७८, सोमबार १७:२१

सुर्खेत । राष्ट्रिय वाणिज्य बैंक सुर्खेतमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ । बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनामा आइतबार कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको बैंकले जनाएको छ ।

दुई जना कार्यालय सहयोगीसहित थप तीन जना कर्मचारीमा लक्षण देखिए पनि परीक्षण हुन बाँकी रहेको बैंकका प्रमुख लीलाराम ढुंगानाले जानकारी दिनुभयो । उहाका अनुसार बैंकको सुरक्षार्थ खटिने एक जना सुरक्षा गार्डलाई प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ ।

बाँकी ९ जना कर्मचारीहरु होम आइसोलेसनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रमुख ढुंगानाले बताउनुभयो । ‘प्रमुख ढुंगानाले‘कम्तीमा चार दिन संक्रमित कर्मचारीहरुको अवस्था हेर्ने र सामान्य अवस्था भएपछि सीमित सेवा सुरु गर्ने तयारीमा रहेको जनाउनुभयो ।

आजदेखि बैंक बन्द गरेर सेनिटाइज गर्ने तयारी भइरहेको उहाको भनाइ छ । बैंकको सुर्खेत शाखाको सेवा बन्द भए पनि वीरेन्द्रनगर शाखाबाट भने सेवा प्रवाह भइरहेको उहाले जानकारी दिनुभयो ।

Next Post

प्रदेश नम्बर २ को स्थायी राजधानी ‘जनकपुरधाम’ कायम

३ माघ २०७८, सोमबार १७:२१
काठमाण्डौ । प्रदेश नम्बर २ ले ४ वर्षपछि स्थायी राजधानी पाएको छ । अस्थायी राजधानीको रुपमा रहेको जनकपुरलाई नै स्थायी राजधानीको रुपमा कायम गरिएको हो । दलहरूको साझा प्रस्तावको रुपमा जनकपुरधाम राजधानी कायम गर्ने प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको दुई तिहाई मत प्राप्त भएपछि जनकपुरधाम नै स्थायी राजधानी कायम भएको […]