हुम्लाको लिमीमा पुग्यो कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री

कर्णालीदृष्टि संवाददाता १२ जेष्ठ २०८२, आईतवार २१:३२

सुर्खेत । हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री पुगेको छ ।

प्रदेश सरकारले पठाएको पिठो, सोलार सेट, अस्थायी टेन्ट, म्याट्रेस सेटलगायत राहत सामग्री आइपुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।

प्रदेश सरकारले पठाएको राहत सामग्री प्रमुख जिल्ला अधिकारी पाण्डेय, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेललगायतले खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौडामा पुगेर लिनुभएको हो ।

कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री नाम्खा गाउँपालिका उपाध्यक्ष लामाको जिम्मा लगाइएको छ ।

गएको जेठ १ गते राति गाउँभन्दा माथिबाट बाढीपहिरो आउँदा तिल गाउँका १९ परिवारका ३३ जना अहिले त्रिपालमुनि बस्दै आएका छन् ।

तिलगाउँमा आएको बाढीपहिरोबारे अनुसन्धानका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली प्रभावित क्षेत्रमा खटिएको छ ।

Next Post

कर्णालीमा नयाँ योजना छैनन्, पुराना कार्यान्वयन हुँदैनन्

१२ जेष्ठ २०८२, आईतवार २१:३२
सुर्खेत । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को लागि ल्याएको बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएको छ । विकासका हरेक सूचकाङ्कमा पछि परेको कर्णालीलाई माथि उकास्न संघीय सरकारले आगामी बजेटमा कुनै नयाँ योजना ल्याएको देखिँदैन । संघीय संसद्को बिहीबार बसेको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोडको […]