लाग्यो छातिमा गोलिजन्मेको घर ले के गर्यो।
साथी बिछोड भय त सङ्गैको सफर ले के गर्यो।।
उ मेरो देश भनी कराउदा उस्को घाँटी रेटिय छ।
छनत थियो घाँटी मै बेरिएको मफ्लर ले के गर्यो।।
यहा रातो रगत चडाइ तपाइले देउता पुज्नु हुन्छ।
पुज्नु भयो त ढुङ्गा तपाइ लाइ पथ्थर ले के गर्यो।।
उता जवानको दाह संस्कार गरि सकिएछ घाट्मा।
यता चिठी आयो लगन पछिको खबर ले के गर्यो।।