बनभोज खाना गएका बालक सम्पर्क बिहीन, खोजि कार्यमा सहयोग गरिदिन परिवारको आग्रह

कर्णालीदृष्टी संवाददाता २७ कार्तिक २०७८, शनिबार ०७:१४

दैलेख । कर्णली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगरस्थित काक्रेबिहारमा वनभोज खान गएका एक बालक सम्पर्क बिहीन भएका छन ।
दैलेखको भगवतिमाई गाउँपालिका घर भई हाल विरेन्द्रनगर ९ अलाया चौर सुर्खेत मा बस्दै आएका एक बालक यही कात्र्तीक २३ गते अपराह्न्ह ४ बजेदेखी सम्पर्कमा नआएको बालकको परिवारीक श्रोतले जनाएको छ ।

पढाईको शिलशिलामा सुर्खेत बस्दै आएका १४ बर्षीया प्रकाश वि.क. नाम गरेका बालक कात्तिक २३ गत्ते वनभोज कार्यक्रममा सहभागी हुनका लागी काक्रेबिहार गएका थिए, तर त्यसपछि उनी परिवारको सम्पर्कमा आएका छैनन ।

तिहारमा खेलीएको देउसि भैलोमा उठेको रकम बाट साथिहरु संग वनभोज खान भनि गएका प्रकाश वि.क. हाल अहिलेसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन ।

वनभोज खान गएको दिन साँझ घरमा नआएपछि खोजिका लागि उनका साथि सहित विभिन्न ब्यक्ति संग सोधपुछ गर्दा समेत उनको अवस्थाबारे पत्ता लाग्न नसकेको प्रकाशका अंकल निर्माण कुमार विश्वकर्माले जानकारी दिए ।

उनि कोटिला माध्यामिक विध्यालय विरेन्द्र नगरनगरपालिका वडा नंम्बर नौ को कक्षा सातमा अध्यानरत छात्र हुन । बुवा टेक बहादूर विश्वकर्मा र आमा इन्द्रसरा विश्वकर्माका कान्छो छोरा प्रकाश वि.क. गहँुगोरो वर्ण भएको, भित्रि भाग हरियो र बाहिर भाग कालो डिजाएनको जाकेट लगाएका छन ।

यस्तै निलो जिन्सको पाईन्ट सहितको पहिरनमा रहेको जुत्ता लगाएका बालक सम्पर्कविहिन भएको हुँदा फेला पार्नु हुने महानुभावलाई नजिकको प्रहरि कार्यालय अथवा आफन्तलाई जानकारी गराईदिनुहुन वालकको परिवारले आग्रह गरेको छ ।

Next Post

नेपाली काँग्रेसले १३ जिल्लामा आज वडा अधिवेशन गर्दै

२७ कार्तिक २०७८, शनिबार ०७:१४
काठमाण्डौ । नेपाली काँग्रेसले १३ जिल्लामा वडा अधिवेशन आज गर्दैछ । क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा आज अधिवेशन गर्न लागिएको हो । १३ जिल्लामा अधिवेशनमार्फत आज क्षेत्रीय प्रतिनिधि चुनिने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समिति संयोजक महादेव प्रसाद यादवले अधिवेशनका बाँकी प्रक्रियामा कुनै […]

सम्बन्धित समाचार