सप्तरी :सप्तरीमा एक १३ वर्षीया बालिका बलात्कार गर्ने एक जनालाई १८ वर्ष कैद सजाय तोकिएको छ ।२०७६ साल भदौ १२ गते चिनजानकै व्याक्तीले बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका राजविराज नगरपालिका ४ का आसमान निरालेलाई जिल्ला अदालत सप्तरीले १८ वर्ष कैद र १० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको हो ।
निराले कामबाट फर्कँदै गरेकी बालिकालाई खाजासँगै नसालु पदार्थ खुवाएर नजिकैको पोखरी किनारमा लगी बलात्कार गरेको र अर्धचेत अवस्थामा छोडेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।


