‘मेरो लोकप्रियताको ग्राफ माइनसमा झरेछ कि प्लसमा गएछ, चुनावमा हेरौँ न ! ’

कर्णाली दृष्टि संवादाता २६ पुष २०७७, आईतवार १९:०६

 

काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा गएर आफूलाई नागरिकबाट नै दण्डित गराउन चुनौती दिएकाछन ।आइतबारको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि विघटन गरि चुनावमा जाने निर्णयको विरोध गर्नेहरूलाई चुनावमा गएर नागरिकबाबाट नै दण्डित गरेर देखाउन चुनौती दिएका हुन । उनले आफ्नो निर्णयमा चित्त नबुझ्नेहरूलाई ‘नागरिकबीच गएर केपी ओलीलाई दण्ड दिन अपिल गर्न’ पनि आग्रह गरे ।

उनले भने, ‘चुनावमा जाने भन्नेबित्तिकै खुट्टा किन कामेको ? चुनाव भन्नेबित्तिकै सातो किन गएको ?नागरिकको बीचमा जाने भन्नेबित्तिकै, ताजा जनादेश लिने भन्नेबित्तिकै ? अरू कुनै प्रभुको चरणमा जाने भनेको त होइन नि ? नागरिकको शरणमा जाने भनेको । नेपाली नागरिकको अभिमत लिने भनेको । केपी ओलीले गल्ती गरेको रहेछ भने नेपाली नागरिकले दण्ड देलान् । नेपाली नागरिकको बीचमा गएर केपी ओलीलाई दण्ड दिन अपिल गर्नुहोस् ?तपाईँहरू जानुहोस् । जो, जसलाई चित्त बुझेको छैन । तपाईँहरूलाई नागरिकले त्यही जवाफ दिएर पठाउनेछन् । ’
प्रधानमन्त्री ओलीले लोकतन्त्र र नागरिकको बलिदानीको रक्षा गर्नका लागि आफूले जिम्मेवारीबोधका साथ प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा गएको बताए ।

उनले भने, ‘गैरजिम्मेवार भन्या के हो ?मैले बिलकुल जिम्मेवारीबोधका साथ नागरिकको बलिदानीको रक्षा गर्नुपर्छ, खेर केही पदलोलुप मान्छेहरूको आत्मकेन्द्रीत स्वार्थी क्रियाकलापहरूलाई हावी हुन दिएर देशमा लोकतन्त्रलाई सही मार्गबाट अन्यत्र जान दिनु हुँदैन भनेर नै प्रतिनिधि सभा विघटन गर्नुपरेको हो । गैरजिम्मेवार कसरी भयो ? के हो गैरजिम्मेवारबोध भनेको? बिलकुल जिम्मेवारीका साथ कर्तव्यबोधका साथ यो काम गरिएको हो । ’

उनले प्रतिनिधि सभा विघटनसँगै आफ्नो लोकप्रियतामा कमी आएको टिप्पणी गर्ने गरिएको उल्लेख गर्दै त्यसको परीक्षण चुनावमा गएर गर्न चुनौती दिए ।

उनले भने, ‘कतिपयले केपी ओलीको लोकप्रियताको ग्राफ जिरोमा झरेछ । जिरोमा झरेछ कि, माइनसमा गएछ कि, प्लसमा गएछ । चुनावमा हेरौँ न अब । अब गफ फिट्ने दिन गए । अब गफ पिटेर हुँदैन, अब मैदान आउने ।’

Next Post

प्रधानमन्त्री र मन्त्रीलाई बहिस्कार गरौं :नेतृ झाँक्री

२६ पुष २०७७, आईतवार १९:०६
विराटनगरः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नेतृ रामकुमारी झाँक्रीले प्रतिगमनकारी सरकारमा रहेका मन्त्री र प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएकी छन् ।अखिलको जिल्लास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनलाई सशक्त बनाउन मन्त्री र प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएकी हुन् । पार्टी विभानजनपछि पनि चुनाव चिह्नको विषयमा विवाद गर्दै बसेको बताउँदै उनले नेताहरुको आलोचना गरिन् । ‘तपाईंलाई […]