आठ वर्षीया नातिनी बलात्कार गर्ने ५६ वर्षीय वृद्धलाई आजीवन कारावास

कर्णाली दृष्टि संवादाता ५ चैत्र २०७७, बिहीबार ०८:०३


उदयपुर :आठ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालतले कसुरदार ठहर गरेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सिलुवालको एकल इजलासले त्रियुगा नगरपालिकाका ५६ वर्षीय वृद्धलाई आजीवन कारावाससहित थप चार वर्षको कैद सजायको फैसला सुनाएको छ ।

त्यसैगरी, जरिवानाबापत ४० हजार रुपैयाँ र सरकारले स्थापना गरेको पीडित राहत कोषमा चार हजार चार सय रुपैयाँ भराउन पनि अदालतले आदेश गरेको श्रेस्तेदार धनबहादुर कार्कीले बताए ।

कसुरदारले साउन १२ गते घरमा कोही नभएका बेला पीडितलाई बलात्कार गरेको भन्दै परिवारबाटै भदौ ९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । तत्काल पक्राउ परेका आरोपितलाई अदालतले असोज २ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

 

Next Post

च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने ८ टिम

५ चैत्र २०७७, बिहीबार ०८:०३
काठमाडौं :युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०/२१ को क्वाटरफायनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको छ । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएपछि यस सिजन क्वाटरफाइनल खेल्ने ८ वटै टोलीको छिनोफानो भएको हो । चेल्सीसँगै इंग्ल्याण्डबाट म्यानचेष्टर सिटी र लिभरपुलसहित सर्वाधिक […]