बडाभैरब आधारभुत विद्यालय जुफियाको बार्षीक सामाजीक लेखा परिक्षण सम्पन्न

कर्णालीदृष्टी संवाददाता १० पुष २०७८, शनिबार ०७:४२

दैलेख । नारायण नगरपालीका ११ मा रहेको बडाभैरब आधारभुत विद्यालय जुफियाको बार्षीक सामाजीक लेखा परिक्षण सम्पन्न भएको छ ।

बिहीबार बिद्यालयमा आयोजित सामाजीक लेखा परिक्षण कार्यक्रममा विद्यालयको शैक्षिक, भौतिक, आर्थिक गतीबिधीबारे प्रकाश पार्र्दै बिद्यालयका प्रध्यानाध्यापक मनसरा थापाले आर्थिक वर्ष २०७७÷०७८ को ६९ लाख १९ हजार ३८ रुपैया बराबरको आय तथा ६९ लाख १९ हजार २८ रुपैयाको व्यय विवरण प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा बोल्दै नारायण नगरपालिका दैलेखका मेयर रत्न बहादुर खड्काले ‘शिक्षक, विद्यार्थी र स्थानिय सरकार मिलेर मात्रै शैक्षिक गुणस्तर बृद्धि गर्न सकिने बताउनुभएको छ ।

विद्यालयको सम्पुर्ण विकासको लागि नगर सरकारको तर्फबाट हुने हरेक किसिमको सहयोग गर्ने नगर प्रमुख खड्काले बताउनुभयो ।

यस्तै नारायण नगरपालिका शिक्षा प्रमुख हिमालयजग शाहले शिक्षा क्षेत्रलाई सुभार गर्नको लागि अझै धेरै काम गर्नु पर्ने बताउनुभयो ।

आगामी दिनमा विद्यालयलाई अगाडी बढाउनको लागि सम्पुर्ण शिक्षक, अभिभावक एवंम सरोकारवालाहरुको सल्लाह सुझावहरुलाई समेटेरअगाढी बढ्ने बिद्यालयका प्रध्यानाध्यापक थापाले बताउनुभयो ।

Next Post

कर्णालीका ५ जिल्लामा अझैपनि अक्सिजन प्लान्ट जडान भएन

१० पुष २०७८, शनिबार ०७:४२
सुर्खेत । कर्णाली प्रदेशका ५ जिल्लामा अझै अक्सिजन प्लान्ट जडान हुन सकेको छैन । मुगु, डोल्पा, हुम्ला, रुकुम पश्चिम र सल्यानमा अक्सिजन प्लान्ट जडान हुन नसकेको हो । कालीकोट, दैलेख र जाजरकोटमा प्लान्ट जडान भई सञ्चालनमा आएको छ भने राजधानी सुर्खेतमा प्लान्ट बने पनि सञ्चालनमा आइसकेको छैन । प्रदेश सरकारले प्रदेशका १० जिल्लामध्ये […]