आउदो आर्थिक वर्षबाट श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार हुन्छ :प्रधानमन्त्री

कर्णाली दृष्टि संवादाता १८ बैशाख २०७८, शनिबार १९:५२

काठमाडौंःप्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुग्ने बताएका छन् । मजदुर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्दै आर्थिक वर्ष २०७८/ ०७९ बाट न्यूनतम पारिश्रमिकको पुनरावलोकन भई मासिक १५ हजार हुने र सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने बताएका हुन् ।

१३२ वर्षअगाडि श्रम शोषण गरी अनुचित लाभ लिनेका विरुद्ध आवाज उठाएर सुरु भएको आन्दोलन दिवसका रूपमा मनाउँदै आएको स्मरण गर्दै उनले विश्वव्यापी रूपमा कार्यथलोमा हरेक दिन सात हजार ६०० मानिस मर्ने गरेको र दक्षिण एसियामा लगभग चार हजार ५०० श्रमिकको भवन भत्किएर ज्यान जाने गरेको बताए । उनले कोभिडका कारण गत वर्ष २५ करोड काम गुम्यो, अहिले २५ करोड काम खतरामा परेको अन्तरराष्ट्रिय रूपमा प्रक्षेपण गरिएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई निःशुल्क खोप अभियान जारी रहेको उल्लेख गर्दै दक्षिण एसियामा भारतपछि नेपाल भएको र स्वास्थ्य सेवालाई भरपर्दो बनाउन लागिरहेको बताए । श्रमको औपचारिक र अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरेको र सरकारले तीन वर्षको अवधिमा सामाजिक क्षेत्रमा लगानी बढाई श्रमको सम्मान र मर्यादित कामको अवधारणलाई प्रवर्द्धन गरेको उनले उल्लखे गरे ।

आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउने पाँच लाख थपिएर अहिले ३० लाख ६० हजार पुगेको र सबै ज्येष्ठ नागरिकलाई रु. एक लाखको बिमा गरिएको पनि उनले बताए ।

Next Post

लकडाउनको समयमा हेर्नुहोस् यी १० वटा फिल्म

१८ बैशाख २०७८, शनिबार १९:५२
काठमाडौं :कोरोनाको दोस्रो लहरका कारण उपत्यकालगायत देशका तीन दर्जन भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जसका कारण सर्वसाधारण जनता घरभित्र सीमित हुन बाध्य छन् । घरमै सीमित भएर बस्नुपर्दा मनोविद्,चिकित्सक तथा विद्वानहरूले पुस्तक पढ्न,फिल्म हर्न र विभिन्न मनोरञ्जनात्मक सामग्री अपनाउन सल्लाह दिने गर्छन् । मनोरञ्जन र टाइमपासका लागि […]