
दैलेख :बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले दैलेखको दुल्लु नगरपालिका र तयार नेपालको सहयोग तथा एभरेष्ट क्लबको समन्वयमा २० जना युवाहरुलाई तालिम प्रदान गरेको छ ।१५ दिनको आधारभुत तालिमपछी आज दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले विभिन्न सामग्रीहरु हस्तान्तर गरेका छन ।
तालिममा सहभागीहरुलाई अहिले सामान्य सहयोग गरेपनि उहाँहरुले राम्रो काम गरेमा एक लाख रुपैया थपिदिनेसमेत जानकारी गराए ।यस तालिममा मोटरसाइकल मर्मत ग्यारेज तथा फर्निचर ,कम्प्युटर लगायत तालिम प्रदान गरिएको छ र भविष्यमा अझै धेरै खालका तालिम प्रदान गरिने पनि प्रमुख भण्डारीले जानकारी दिए।
