भैरवी गाउँपालिका अध्यक्षको कार्यकक्षमा तमसुक

कर्णालीदृष्टी संवाददाता १० जेष्ठ २०७९, मंगलवार ०६:२७

दैलेख । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रीता शाहीको कार्यकक्षमा नागरिकले जनकरार पत्र (तमसुक) राखेका छन्। स्थानीय तह निर्वाचन अघि त्यहाँका सचेत नागरिकले उम्मेदवारहरूलाई गराएको जनकरार पत्र अर्थात्त (तमसुक) गाउँपालिका अध्यक्ष शाहीको कार्य कक्षमा राखेका हुन्।

स्थानीय तहमा गरिने विभिन्न विकासे कामहरू पारदर्शी तरिकाले गर्ने जनकरार पत्रमा उल्लेख गरिए अनुसार काम नगरे पदबाट राजीनामा दिने लगायतका बुँदाहरू रहेको तमसुकमा एमाले, कांग्रेस, माओवादी केन्द्र र उन्नत लोकतान्त्रिक पार्टीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेकाहरूले चुनाव अघि जनकरार पत्र अर्थात (तमसुक)मा सहीछाप लगाएका थिए ।

गाउँपालिका अध्यक्ष रीता शाहीले भैरवीको समग्र विकासका लागि आफूले एक रुपैयाँ पनि घुस नखाने, जनतामाझ गरेको करारनामा अनुसार कामको योजना निर्माण गर्दै काम गर्ने र काम गर्न नसकेको खण्डमा पदबाट राजीनामा दिने बताउनुभयो।

समाजमा सुशासन हराउँदै गएको भ्रष्टाचार बढेको स्थानीय तहको विकासमा नागरिकको समस्या समाधान भन्दा आफन्त र उपभोक्ता समितिमा आफ्ना मान्छे बनाउने र विभिन्न बहानामा प्रभावकारी काम नहुने जस्ता समस्याहरू समाधान गर्न जनकरार पत्रमा सही छाप गराइएको स्थानीयको भनाई छ ।

निर्वाचित जनप्रतिनिधिहरू नागरिकप्रति जवाफदेही बनाउनका लागि निर्वाचन अघि सहीछाप सहितको जनकरार पत्र गाउँपालिका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा राखिएको स्थानीय युवा प्रशान्त शर्माले बताउनुभयो ।

Next Post

महावू गाउपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने

१० जेष्ठ २०७९, मंगलवार ०६:२७
दैलेख । दैलेखको महावू गाउपालिकाले ज्येष्ठ नागरिकका लागि सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्तालाई वडा तहबाटै वितरण गर्ने भएको छ । गाउपालिकले सोमबार एक प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ‘भत्ता बुझ्नकै लागि वृद्धवृद्धालाई बैंक धाउनुपर्ने दुःखलाई मेट्नका लागि वडा तहबाटै वितरण गर्ने प्रतिवद्धता गरेको छ । सम्बन्धित बैंकसँग समन्वय गरी […]