बेलुकी ९ बजे भन्दा पछाडी देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय दैलेखको आग्रह ।।

कर्णालीदृष्टी संवाददाता १५ कार्तिक २०७८, सोमबार १८:२९

दैलेख जिल्ला प्रशासन कार्यालय दैलेखले यस बर्षको तिहार पर्वको अवसरमा खेलीने देउसी र भैलो बेलुकी ९ बजे भन्दा पछाडीको समयमा नखेल्न आग्रह गरेको छ ।

सोमबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय दैलेखले तिहारको बेला खेलीने देउसी भैलो जस्ता मनोरन्जनात्मक कार्यक्रमहरु राती ९ बजेभन्दा पछाडीको समयमा नगर्न आग्रह गरेको हो ।

तीहार पर्व नेपाली संस्कृति र परम्परा अनुसार उमंग र हर्षोल्लासका साथ मनाईरहँदा यदाकदा आधुनिकताको नाममा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरीत छरछिमेक र समाजको समग्र शान्ति सुव्यवस्था नै प्रभावित हुने गरी कानून विपरितका गतिविधि समेत हुनसक्ने देखिन्छ, जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत गणेश प्रसाद कोइरालाद्धारा हस्ताक्षरित सुचनामा भनिएको छ ।

चार्डपर्वको बेला कोरोना महामारीको संक्रमण समेत फैलिन सक्ने भएको हुँदा देउसी भैलो, नाचगान जस्ता मनोरजनात्मक कार्यहरु गर्दा स्वास्थ्यका मापदण्डहरु पालना गर्दै सुरक्षित तथा मर्यादित तबरले गर्न गराउन पनि जिल्ला बासीहरुमा अनुरोध गरीएको छ सुचनामा भनीएको छ ।

चाडपर्वका बेला रमाईलो गर्ने भन्दै पटका जस्ता प्रज्वलनशील पदार्थहरु पड्काउन र ओसारपसार नगर्न नगराउन समेत प्रशासनले आग्रह गरेको छ । प्रशासनद्धारा जारी सूचनाको अवज्ञा गरी कानून विपरितका कार्य गरे वा गराएमा कानून अनुसार कारबाही हुने समेत प्रशासनद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Next Post

कर्णाली प्रदेशका मुख्यमन्त्रीद्वारा राजिनामा

१५ कार्तिक २०७८, सोमबार १८:२९
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुभएकाे छ । उहाँले आज सोमवार प्रदेशवासीका नाममा सम्बाेधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाे हाे ।  गएको वैशाख २ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा माओवादी र कांग्रेसले सरकार आलोपालो चलाउने सहमति गरेका थिए । त्यहीअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिनुभएकाे हाे । त्यतिबेला नेपाली कांग्रेस र […]