काठमाण्डौ । नेपालमा थप १ सय २७ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६ हजार ८ सय ७४ कोरोना परीक्षण गर्दा १ सय २७ जनामा सङक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ४ हजार ६ सय ७२ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा १ सय २३ र २ हजार २ सय २ एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।
गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये ३ सय २१ जना स्वस्थ भएका छन् भने ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हाल देशभर ७ हजार ७ सय ७० सक्रिय सङक्रमित रहेका छन् ।


