पालीका चुनावका लागी दलहरु आज पनि उम्मेदवारी दर्ता गर्दै

कर्णालीदृष्टी संवाददाता १२ बैशाख २०७९, सोमबार ०८:३१

काठमाण्डौ । बैशाख ३० गते हुने पालिका चुनावको लागि दलहरुले आज पनि उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोकेकोमा हिजो पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार हिजो देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् ।

पालिका अध्यक्ष र मेयरमा ९८७, उपाध्यक्ष र उपमेयरमा ५०८ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा २ हजार ९२१, वडा सदस्यमा ३ हजार ३३८, महिला सदस्यमा १ हजार ५७६, दलित महिला सदस्यमा १ हजार २०३ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । उम्मेदवारी दिनेमध्ये ३ हजार ५०६ जना महिला छन् ।

आयोगले मनोनयन दर्ताका लागि आज बेलुकी ५ बजे अन्तिम समय निर्धारण गरेको छ । हिजो पहिलो दिन मुख्य दलका तर्फबाट उम्मेदवारी मनोनयन कम परेको आयोगले जनाएको छ । चुनावी कार्यक्रम अनुसार आज नै उम्मेदवारको नामावलीको सूची प्रकाशित हुनेछ ।

भोलि दाबी विरोधको समय निर्धारण गरिएको छ । बुधवार र बिहीवार दाबी विरोधमाथि जाँचबुझ गर्ने र शुक्रवार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । १७ गते शनिवार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

Next Post

मनोनयन दर्ता सकिएसँगै केही स्थानमा गाउँपालिका अध्यक्षदेखि सदस्यसम्म निर्विरोध

१२ बैशाख २०७९, सोमबार ०८:३१
काठमाण्डौ । स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता सकिएसँगै कतिपय स्थानमा भने उम्मेदवारहरू निर्विरोध भएका छन । मनोनयनमा एकल उम्मेदवारी परेपछि केही गाउँपालिका र वडाहरू निर्विरोध भएका हुन । केन्द्र तहमा गठबन्धन भनेर पनि तालमेल हुन नसक्दा केही स्थानीय तहका वडाहरूमा भने प्रमुख दलहरु नै मिलेर सर्वसम्मत रुपमा उम्मेदवारी दिएका […]