मोटरसाइकल दुर्घटना हुँदा पत्रकार पोखरेलको निधन ।

कर्णाली दृष्टि संवाददाता ७ असार २०७८, सोमबार ०८:२८

सुर्खेत ।सुर्खेतका एकजना पत्रकारको मोटरसाइकल दुर्घटनामा परी  निधन भएको छ।,आइतबार सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत कपासे नजिक मोटरसाईकल र बिपरित दिशाबाट आएको मिनी ट्रक ठोक्कीदा मोटरसाईकल चालक वीरेन्द्रनगर ११ का खिमप्रसाद पोखरेलको उपचारको क्रममा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र आचार्यले जानकारी दिए ।

दैलेखतर्फ जाँदै गरेको भे १ क ९१३ नम्बरको ट्रक र वीरेन्द्रनगरतर्फ आउँदै गरेको पोखरेल सवार लु ६६ प २८२३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका थियो।
दुर्घटना पश्चात् घाइते हुनुभएका पोखरेलको देउती अस्पताल सुर्खेतमा उपचारको क्रममा निधन भएको हो।
दुर्घटनापछि मिनी ट्रक र चालक वीरेन्द्र रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पोखरेल राष्ट्रीय संचार अनलाइनमा कार्यरत थिए  ।

पत्रकार महासंघ शाखा सुर्खेतद्वारा शाेक विज्ञप्ति जारी

पत्रकार पाेखरेलकाे निधनप्रति नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले शाेक विज्ञप्ती जारी गरेकाे छ ।,आइतबार राती पाेखरेलकाे सवारी दुर्घटना परि निधन भएकाेप्रति महासंघले दुःख व्यक्त गरेकाे हाे ।

साथै, दुर्घटनाकाे  छानविन गरि दाेषिलाइ कारबाही र पीडित परिवारलाइ उचित क्षतिपुर्ती उपलब्ध गराउन पनि महासंघले माग गरेकाे छ ।

पत्रकार महासंघ शाखा सुर्खेतद्वारा जारी शोक विज्ञप्ति :

Next Post

निषेधाज्ञा थप्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने तयारी

७ असार २०७८, सोमबार ०८:२८
काठमाडौं । उपत्यकामा पनि निषेधाज्ञा थप हुने भएको छ । यसबारे निर्णय लिन आइतबार अपरान्ह ४ बजे तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप केही क्षेत्रलाई सहजीकरण गर्ने गरी निषेधाज्ञाबारे जारी गर्ने बताए । प्रशासनले १६ वैशाखदेखि निषेधको आदेश दिएको थियो […]