जुम्लामा भालुको आक्रमण ; दैलेखका एक दम्पती घाइते

भालु इतिहासमै पहिलो पटक सदरमुकाम

कृष्ण शर्मा २८ श्रावण २०७८, बिहीबार १२:५२

 

कृष्ण शर्मा । सुर्खेत –जुम्ला सदरमुकाम खलंगामा भालुको आक्रमणमा परेर दैलेखका एक दम्पती घाइते भएका छन् । दैलेख जिल्ला घरभई जुम्ला सदरमुकाम खलंगामा बस्दै आएका हिमराज रोकाया र निर्मला रोकाया घाइते भएका हुन्।

विहिवार विहान साढे ४ बजे पसल खोल्न गएका दम्तीलाई भालुले आक्रमण गरेको हो। उनीहरु सदरमुकाम खलंगाको बालमन्दिर नजिकै मोवाइल पसल गर्दै आएका छन्।

घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। भालुको आक्रमणबाट घाइते भएका मध्ये निर्मलाको अवस्था गम्भीर भएको छ। हिमराजको अवस्था सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिए।

उनले भने,‘पत्नी निर्मलाको ठूलो घाउ छ। पति हिमराजको धेरै ठाउँ घाउ भएपनि सानो सानो छ। उनीहरुको उपचार भइरहेको छ। ’

भालु राति नै बजार पसेको स्थानीय बताउँछन्। भालु इतिहासमै पहिलो पटक सदरमुकाम खलंगा भित्र पसेर आक्रमण गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी चौलागाइले भालु नियन्त्रणमा लिन सुरक्षाकर्मी खटाइएको छ। भालु गएको क्षेत्रमा कडा सुरक्षा कर्मी परिचालन गरिएको बताउँदै उनले घरबाहिर निस्कदा उच्च सावधानी अपनाउनको लागि आग्रह गरे।

Next Post

कर्णाली प्रदेशमा औद्योगिक विकासको अवस्था नाजुक ; कार्यविधि नबन्दा अन्योल

२८ श्रावण २०७८, बिहीबार १२:५२
  कृष्ण शर्मा । सुर्खेत –कर्णाली प्रदेशमा औद्योगिक विकासको अवस्था नाजुक देखिएको छ । हालसममको तथ्याङ्क अनुसार प्रदेशमा मझौला तथा ठुला उद्योगको अवस्था शून्य छ । प्रदेश सरकारले बर्सेनि औद्योगिक विकास गर्ने भनेर नीति तथा कार्यक्रममा समेटे पनि अहिलेसम्म औद्योगिकीकरणको दिशामा कुनै काम हुन सकिरहेको छैन । रोजगारी र अर्थतन्त्रको […]