भेरोसेल खोप लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

कर्णालीदृष्टी संवाददाता २३ मंसिर २०७८, बिहीबार १३:२६

काठमाण्डाै – सरकारले ६० वर्षमाथिका भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिने तयारी गरेको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा भेरोसेलको दुई मात्रा खोप लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज दिने तयारी भएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।

यस्तै, आज अमेरिकाबाट मोडर्ना खोप आउँदैछ । झण्डै १५ लाख मात्रा मोर्डना खोप नेपाल आउन लागेको हो ।

मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । गएको शुक्रवार एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल आइपुगेको थियो । यसअघि १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजरको खोप दिइएको थियो ।

नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म ८८ लाख ६९ हजार ६७ जनाले पूर्ण मात्रा र एक करोड ६ लाख ९९ हजार जनाभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् । अहिलेसम्म कुल एक करोड ९५ लाख ६८ हजार तीन सय मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सरकारले आउँदो चैतभित्र खोप योग्य सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइसक्ने योजना बनाएर खोप आयात र लगाउने काम गरिरहेको छ ।

Next Post

सरकारी कार्यालय : भ्रष्टाचार हुने प्रमुख क्षेत्र

२३ मंसिर २०७८, बिहीबार १३:२६
काठमाण्डाै – आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, ‘भ्रष्टाचार बहिस्कार गर्न तपाईँको अधिकार, तपाईँको भूमिका’ नाराका साथ दिवस मनाउन लागिएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर हरेक वर्ष डिसेम्बर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ । भ्रष्टचार हुन नदिने भनिए पनि नेपालमा भ्रष्टाचार मौलाउँदो […]

सम्बन्धित समाचार