नेकपा एसका महाबु गाउँ कमिटि सचिव थापा काँग्रेसमा प्रवेश

कर्णालीदृष्टी संवाददाता १० बैशाख २०७९, शनिबार ०६:५६

दैलेख । नेकपा (एकीकृत समाजवादी) पार्टी महाबु गाउँपालिका कमिटिका सचिव प्रकाशराज थापा नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।

कम्युनिष्ट पार्टीको राजनीतिक पृष्ठभूमि बनाएका थापा शुक्रवार नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको हो । थापा २०७४ मा भएको स्थानीय तह निर्वाचनमा महाबु गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेकपा एमालेको तर्फबाट चुनाव लड्नुभएको थियो । उहाँ नेपाली काँग्रेसका रामकृष्ण गुरुङ्गसँग पराजीत हुनुभएको थियो ।

काँग्रेस प्रवेश गर्नुभएका थापालाई नेकपा एमाले विभाजनपछि गठित नेकपा (एकीकृत समाजवादी) पार्टीको महाबु गाउँपालिकाको सचिवको जिम्मेवारीमा दिईएको थियो । उहाँलाई शुक्रवार काँग्रेस नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।

Next Post

जुम्लाको तिला गाउँपालिकामा आगलागी : चार बालबालिकाको ज्यान गयो

१० बैशाख २०७९, शनिबार ०६:५६
जुम्ला । जुम्लाको तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँमा गएराति आगलागी हुँदा चार बालबालिकाको ज्यान गएको छ । तिला गाउँपालिकाका मानसिंह सार्कीको घरमा आगलागी हुँदा उहाँका दुई छोरी, एक छोरा र भान्जीसहित चार जनाको जलेर ज्यान गएको हो । आगलागीमा परि १४ वर्षीया तुलासा सार्की, ११ वर्षीया अनु सार्की, तीन वर्षीया […]