इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारतको उत्कृष्ट सुरुवात

कृष्ण शर्मा २९ श्रावण २०७८, शुक्रबार १२:५३

काठमाण्डौ – इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारतले उत्कृष्ट सुरुवात गरेको छ । लर्ड्समा पहिलो दिन सकिँदा भारतले ३ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ ।

भारतका लागि केएल राहुलले शतकीय पारी खेलेका छन् । राहुलले १ सय २७ रन बनाए थिए । यस्तै भारतका रोहित शर्मा ८३ रन बनाएर आउट भए । यस्तै कप्तान विराट कोहली ४२ रनमा आउट हुँदा चेतेश्वर पुजरा ९ रनमा आउट भए । इङ्ग्ल्यान्डका जेम्स एण्डरसनले २ तथा ओली रोबिनसनले १ विकेट लिए ।

पाँच खेलको टेस्ट श्रृङ्खला अन्तर्गत वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो । पाँच खेलको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्यान्ड भ्रमणमा छ । पहिलो टेष्टमा दुवै टोलीले ढिलो ओभर खेलेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले २र२ अङ्क कटौती गरिदिएको छ भने रेफ्रीले म्याच फि को ४० प्रतिशत रकम जरिबाना तिराएका थिए ।

Next Post

आज नाग पञ्चमी ; परम्पराअनुसार घरका मुलढोकामा टाँसेर मनाइँदै छ।

२९ श्रावण २०७८, शुक्रबार १२:५३
कृष्ण शर्मा।सुर्खेत – आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मुलढोकामा टाँसेर मनाइँदै छ। हरेक साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने परम्परा रहँदै आएको छ । नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर […]