प्रधानमन्त्रीद्वारा पारस खड्कालाई बालुवाटार बोलाएरै धन्यवाद र शुभकामना

ठूलो सपना देख्न प्रेरित गरेकामा धन्यवाद ।

कृष्ण शर्मा ३० श्रावण २०७८, शनिबार १४:३२

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सरकारी निवास बालुवाटार बोलाएर धन्यवाद र शुभकामना दिइएका छन ।

यसै महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारसलाई प्रधानमन्त्रीले नेपाली क्रिकेटको विकासको लागि दिएको योगदानप्रति आभार र धन्यवाद दिईएका हुन ।

प्रधानमन्त्री देउवाले ट्विटरमा लेखेका छन, ‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद ।

नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् सरकारको साथ र सहयोग सधैं रहनेछ ।’

Next Post

भरतपुर विमानस्थलमा भएको आगलागी नियन्त्रणमा

३० श्रावण २०७८, शनिबार १४:३२
चितवन – भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको आगलागी बिहान ७ बजे नियन्त्रणमा आएको हो । त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिएका […]