भरतपुर विमानस्थलमा भएको आगलागी नियन्त्रणमा

कृष्ण शर्मा ३० श्रावण २०७८, शनिबार १४:४१

चितवन – भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ ।

आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको आगलागी बिहान ७ बजे नियन्त्रणमा आएको हो । त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिएका छन ।

आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उनले बताए। आगलागीबाट भएको क्षतिको विवरण भने आईनसकेको बताईको छ ।

Next Post

माओवादीको केन्द्रीय कमिटी बैठक चल्दै, पुसमा राष्ट्रिय सम्मेलन गर्न प्रचण्डको प्रस्ताव

३० श्रावण २०७८, शनिबार १४:४१
काठमाण्डौ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक काठमाण्डौमा बसिरहेको छ । गौशालाको एक पार्टी प्यालेसमा बसिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको छ । प्रचण्डले पेस गरेको प्रतिवेदनमा आउँदो पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय सम्मेलनको लागि […]