निरन्तरको बर्षा र हिमपातले दैलेखको जनजिवन प्रभावीत

कर्णालीदृष्टी संवाददाता २१ माघ २०७८, शुक्रबार १७:१०

दैलेख । बिहीबारदेखी सूरु भएको निरन्तर बर्षा र हिमपातले दैलेखको जनजिवन प्रभावित भएको छ । बर्षासंगै जिल्लाका बिभीन्न उच्च भुभागहरुमा हिमपात समेत भएको छ ।

यसअघि प्रायजसोे जिल्लाका उच्च भू–भागमा मात्रै हिमपात हुनेगरेको भएपनि बिहीबार रातीदेखि भने जिल्लाका ११ वटै स्थानीय तहका उच्च भुभागहरुमा हिमपात भएको हो ।

२ दिनसम्म लगातार भैरहेको बर्षाका कारण दैलेख सदरमुकाम लगाएत जिल्लाभरका बिभीन्न सडकसंगै बाटोघाटोहरु हिलाम्य भएका छन । पानी र हिलोका कारण सडकमा आवतजावत गर्ने साना देखी ठुला सवारी साधान हुदै पैदल यात्रिलाई समेत यात्रा गर्न सकस भएको छ ।

बर्षा र हिमपातले अत्याधिक चिसो बढ्दा जनजिवन कष्टकर समेत भएको छ । सदरमुकाम दैलेख बजारमा मानीसहरु पसल पसलमा आगो बालेर तापीरहेका छन भने हिजो अस्तीको तुलनामा मानीसहरुको आवजावत समेत न्यून देखीएको छ ।

यता ग्रामीण क्षेत्रमा बसोवास गर्ने नागरीकहरुलाई समेत निरन्तरको झरीले प्राभावित बनाएको छ । उच्च भुभागमा रहेका बस्तीहरुमा हिमपात र अन्य क्षेत्रमा निरन्तर झरी पर्दा नागरीकहरुलाई मेलापात गर्न बालीनाली तथा वस्तुभाउको स्याहार सुसारमा समस्या भएको छ ।

बर्षासंगै जिल्लाको गुराँस गाउँपालिकाको गुराँसे, रानीमत्ता, घोडाबास लगायतका क्षेत्र, महाबु गाउँपालिकाको महाबु, काशिकाँध, गैडाबाज, रानीवन, नौमूले गाउँपालिकाको तोली, बालुवाटार, सल्लेरी, चौराठा, भगवतीमाई गाउँपालिकाको रुम, जगनाथ, कट्टी, मेहेल्तोली, मन्घर, वडाभैरब, डुङ्गेश्वर गाउँपालिकाको लाँकुरी, अवलपराजुलको माथिल्लो भूभागहरुमा हिमपात भएको छ ।

यस्तै भैरबी गाउँपालिकाको कुसापानी, पानीपोखरा, बेहुली, चामुण्डाविन्द्रासैनी नगरपालिकाको काफलमेला, सिस्नेरी,चापागाउँ, ठाटीकाँध गाउँपालिकाको विशाला, हिमपाईला, बिजारे, तोलीजैसी, आठबीस नगरपालिकाको सिंहासैन, पिपलकोट र तिलेपाटा तथा दुल्लु नगरपालिकाको मालिकाक्षेत्रमा हिमपात भएको छ ।

यस्तै नारायण नगरपालिकास्थित दैलेख सदरमुकाममा पनि सामान्य हिमपात भएको छ । सदरमुकाम दैलेखबजार आसपासमा भने झण्डै डेढ दशकको समयपछि सामान्य हिमपात भएको हो । बुढापाकाहरुका अनुासर यसअघि दैलेख जिल्ला सदरमुकाममा २०६६ सालमा भारी हिमपात भएको थियो ।

Next Post

फागुन १ गतेदेखि विद्यालय खोल्ने सरकारको तयारी

२१ माघ २०७८, शुक्रबार १७:१०
काठमाण्डाै – सरकारले काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको अवस्था हेरेर आउँदाे फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा पालिकालाई दिन लागेको हो । आज सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा गाउँपालिका महासङ्घ, प्याब्सन, एन प्याब्सन, अभिभावक महासङ्घ, […]

सम्बन्धित समाचार