राष्ट्रिय सभा बैठक बस्दै ; आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुने

कर्णालीदृष्टी संवाददाता ८ आश्विन २०७८, शुक्रबार ०९:१०

काठमाण्डौ ।   राष्ट्रिय सभा बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल हुनेछ ।

यी विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन् । राष्ट्रिय सभा बैठकमा आज यी दुवै विधेयक टेबुल गर्ने र त्यसपछि अर्को बैठकमा पारित गर्ने तयारी छ । दुवै विधेयक आउँदो सोमवार पारित गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।

विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइने छ र प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने छ । यस अघि सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको विनियोजन विधेयक २०७८ लाई हिजोको राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकि थिईन ।

विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।

Next Post

परराष्ट्रमन्त्री खड्का न्युयोर्कमा, आउँदो सोमवार सम्बोधन गर्ने

८ आश्विन २०७८, शुक्रबार ०९:१०
काठमाण्डौ । परराष्ट्रमन्त्री डा‍ .नारायण खड्का अमेरिकाको न्युयोर्क पुग्नु भएको छ । संयुक्त राष्ट्रसङ्घको ७६ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्कान्युयोर्क पुगेका छन । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कमा रहेको कायममुकायम महावाणिज्य दूत विष्णुप्रसाद […]