एकै दिन ९०७० जनामा संक्रमण, ५४ जनाको ज्यान गयो,२७०७ संक्रमणमुक्त

कर्णाली दृष्टि संवादाता २३ बैशाख २०७८, बिहीबार १८:१८

काठमाडौं :पछिल्लो २४ घण्टामा देशभर नौ हजार ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार तीन सय ६७ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार नौ सय ७० जना र सात सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख ६८ हजार पाँच सय ८० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार सात सय सात जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ९२ हजार चार सय ९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट ५४ जनाले ज्यान गुमाएका छन्, योसँगै ज्यान गुमाउनेको सङ्ख्या तीन हजार पाँच सय २९ पुगेको छ । आज देशभर ७२ हजार पाँच सय ६१ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

 

Next Post

राष्ट्रियसभा सदस्यमा बादल र देवकोटाको उम्मेदवारी दर्ता

२३ बैशाख २०७८, बिहीबार १८:१८
  काठमाडौं :वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ । वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती […]

सम्बन्धित समाचार