बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी निवास छोडेका छन्।
मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएका पौडेलले अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्री नियुक्त भएसँगै बिहीबार मुख्यमन्त्रीको सरकारी निवास छोडेका हुन्।
पार्टी विभाजन रोक्ने भन्दै पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिँदै शाक्यलाई सो पदमा प्रस्ताव गरेका थिए।
बुधबार पौडेलले दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन्। हेटौंडा स्थायी घर भएका पौडेलले बागमती प्रदेश सरकारको नेतृत्व ४२ महिना सम्हाले।
पौडेलले सरकारी निवास छोड्दा उनको बिदाइमा एमालेको नेता/कार्यकर्ता उपस्थित थिए। ‘डीएम सर आइ लब यू’ को नारा लगाउँदै कार्यकर्ताहरूले पौडेललाई स्कर्टिङ गर्दै उनको निजी निवास हेटौंडा–११, नवलपुर पुर्याएका थिए।
हेटौंडा स् बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी निवास छोडेका छन्।
मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएका पौडेलले अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्री नियुक्त भएसँगै बिहीबार मुख्यमन्त्रीको सरकारी निवास छोडेका हुन्।
पार्टी विभाजन रोक्ने भन्दै पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिँदै शाक्यलाई सो पदमा प्रस्ताव गरेका थिए।
बुधबार पौडेलले दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन्। हेटौंडा स्थायी घर भएका पौडेलले बागमती प्रदेश सरकारको नेतृत्व ४२ महिना सम्हाले।
पौडेलले सरकारी निवास छोड्दा उनको बिदाइमा एमालेको नेतारकार्यकर्ता उपस्थित थिए। ‘डीएम सर आइ लब यू’ को नारा लगाउँदै कार्यकर्ताहरूले पौडेललाई स्कर्टिङ गर्दै उनको निजी निवास हेटौंडा–११, नवलपुर पुर्याएका थिए।