गुराँस गाउपालिकामा एकैपटक दुईवटा अस्पताल सञ्चालनमा

स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य सुधार

कृष्ण शर्मा ५ भाद्र २०७८, शनिबार १९:३७

सुर्खेत – दैलेखको गुराँस गाउँपालिकाले एकैपटक दुईवटा अस्पताल सञ्चालनमा ल्याएको छ । स्थानीय तहको संरचनापछि यस गाउँपालिकामा अन्य विकासका गतिविधिसँगै स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य सुधार हुँदै आएको छ । हाल यहाँका हरेक नागरिक आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पुगेका छन् । कर्णालीकै नमुना गाउँपालिका मानिने उक्त गाउँपालिकाले दैलेखको रानीमत्तामा दुईवटा अस्पताल सञ्चालनमा ल्याएको हो ।

गुराँस गाउँपालिकाले यस अघि पनि कोभिड–१९ को समयमा दैलेखलगायत कर्णालीका विभिन्न जिल्लाका नागरिकलाई जिल्लाको सीमा क्षेत्रमा रहेको रानीमत्तामा स्वास्थ्य जाँच र व्यवस्थापन गर्दै आएको थियो । साथै यस गाउँपालिका पछिल्लो समयमा कोभिड–१९ को डिजिटल प्रविधिबाट रेकर्डको सुरुवात देशकै एकमात्र गाउपालिकाको रुपमा स्थापित भएको छ ।

अहिले गाउँपालिका केन्द्र रानीमत्तामा रहेको अस्पतालबाट विशेषज्ञसहितको सेवा प्रदान भइरहेको छ भने गत वर्ष असार २४ गते शिलान्यास गरिएको अर्को अस्पताल भवनको काम तिव्र गतिमा भइरहेको गाउँपालिकाले जनाएको छ ।

यसभन्दा अघि गुराँसको १, २ र ८ मा स्वास्थ्य संस्था नहुँदा यहाँका नागरिक टाढा गएर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता थियो । जनताको आवश्यकताका आधारमा ति वडाहरुमा स्वास्थ्य संस्था स्थापना गरेर सेवा प्रदान गरिरहेको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए । साथै गाउँपालिकाले ४ नम्बर रतिखोलामा २२ करोडको लागतमा ठूलो अस्पताल निर्माणको कामलाई तिव्रताको साथ अघि बढाएको छ । यस आर्थिक वर्षमा नै त्यहाँबाट अत्यावश्यकीय सेवासहित अन्य सेवा प्रदान गर्न लागिएको उनको भनाइ छ ।

Next Post

कक्षा १२ को परीक्षा दशैं अगाडि होमसेन्टरबाट गर्ने तयारी

५ भाद्र २०७८, शनिबार १९:३७
काठमाडौं – कक्षा १२ को परीक्षा स्थगित गरेपनि अब कसरी र कहिले सञ्चालन गर्ने अन्यौल छ । शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड यसबारे निर्णय लिने तयारी गरिरहेको छ। बोर्डले दशैं अगावै परीक्षा गर्ने तयारी गरेको छ । विद्यार्थीलाई कोरोना भाइरसको खोप दिएलगत्तै परीक्षा गर्ने तयारी भएको हो । आज […]