दैलेख एमाले नेतृत्वका लागि फागुन १५ भित्र पुनः निर्वाचन हुने

कर्णालीदृष्टी संवाददाता २६ माघ २०७८, बुधबार ०७:५३

सुर्खेत । पुस २३ गते उदघाटन भएको नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन अझै टुंगिएको छैन । ३१ मत फर्जी परेको भन्दै हंगामा भएपछि नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगले हालसम्म पनि कहिलेसम्म निर्वाचन गराउने भन्ने निष्कर्ष ननिकाल्दा एमाले कार्यकर्ता अन्योलमा परेका हुन् ।

स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने भनेर घोषणा भएपछि दैलेख एमालेको अधिवेशन छिटो टुंगो लगाउनुपर्ने भन्दै नेताहरु राजधानी केन्द्रित भइरहेका छन् ।

एमालेका जिल्ला इन्चार्ज लक्ष्मी पोखरेल, केन्द्रीय सदस्यहरु विष्णु रिजाल, धर्मराज रेग्मी, प्रदेश अध्यक्ष विनोद कुमार शाह, अध्यक्षका आकांक्षी एवम अध्यक्ष रविन्द्रराज शर्मा लगायतले आयोगलाई तत्काल निर्णय लिन अनुरोध गरिरहेका छन् ।

‘फागनु १५ भित्रै मतदान गरेर जिल्ला नेतृत्वको टुंगो लगाउनुपर्छ भनेर केन्द्रीय नेताहरुसँग निरन्तर सम्पर्कमा छौं,’ अध्यक्ष शर्माले भने, ‘फागुन १५ भित्र अधिवेशन सकाउनु पर्छ ।

अब हामी चुनावमा होमिने भएका कारण पनि पहिले अधिवेशन सम्पन्न गर्नेगरि अघि बढेका छौं । यो आन्तरिक कुरा भएका कारण यसले स्थानीय तहको निर्वाचनमा खासै प्रभाव पर्नेछैन । नेपाल प्रेसबाट

Next Post

पश्चिमी क्षेत्रमा आज वर्षा र हिमपात, पर्सिदेखि मौसममा सुधार आउने

२६ माघ २०७८, बुधबार ०७:५३
काठमाण्डाै – पश्चिमी क्षेत्रमा आज आज वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् । अहिले यी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली छ । दिउँसो मौसम पूर्ण बद्ली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँकाअनुसार पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै […]