नेपाल र झलनाथसहित ११ नेता एमालेबाट निष्काशित

कर्णाली दृष्टि संवाददाता १० जेष्ठ २०७८, सोमबार १९:३३

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको तियो । तर उनीहरुले जवाफ नै दिएका थिएनन् ।

बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

Next Post

दैलेखमा १० दिन थपियो निषेधाज्ञा

१० जेष्ठ २०७८, सोमबार १९:३३
दैलेख : दैलेख जिल्लामा कोरोना भाईरसको संक्रमण तिव्र गतिमा फैलिएपछी थप १० दिन निषेधाज्ञा थपिएको छ । कोरोना भाईरसको कोभिड – १९ को नयाँ भेरिएन्ट दैलेखमा दिनप्रतिदिन संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यलय दैलेखले जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरियको हो । दैलेखमा अझै कडाईका साथ […]