मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने

कर्णाली दृष्टि संवाददाता १८ चैत्र २०८०, आईतवार १३:३७

सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन्। आगामी मंगलबार बिश्वासको मत लिनेगरी प्रदेश सचिवालयमा औपचारिक जानकारी गराइएको मुख्यमन्त्री शर्माले जानकारी दिए।

प्रदेश सभामा सचिवालयमा आज बिहान १० बजे नै पत्र प्राप्त भएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले बताए।

केन्द्रमा बदलिएको राजनीतिक समीकरण पछि कर्णालीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही अनुरूप मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने छन्।

केन्द्रमा भएको सहमति अनुसार कर्णालीमा एमालेको भागबण्डा लाग्ने सहमति नजिक भएको खबर सार्वजनिक भएका थिए। तर, माओवादीबाट नेतृत्व लिएका मूख्यमन्त्री शर्माले भने आफ्नो अडान नछोडी विश्वासको मत लिनेगरी छलफल चलिरहेको उनले जानकारी दिए।

Next Post

दैलेखको भैरविमा चट्टयाङ्गले एक बालिकाको मृत्यू

१८ चैत्र २०८०, आईतवार १३:३७
सुर्खेत । शनिबार दिउँसो परेको चट्टयाङ्गले घाइते बालिकाको मृत्यू भएको छ । दैलेख भैरबी गाउँपालिका–६ तोरिमुलकी १२ वर्षीया बालिका शर्मिला कँडेलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए । उनका अनुसार बाख्रा गोठालाबाट फर्किएको बेला घर नजिकैको खनियाको रुखमा परेको चट्टयाङ्गले घाइते बालिकाको […]