माओवादी केन्द्रमा नेताहरूको कार्य विभाजनसम्बन्धी छलफल सुरु

कृष्ण शर्मा ५ भाद्र २०७८, शनिबार १९:५६

काठमाडौं – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले पार्टी नेताहरूको कार्य विभाजनसम्बन्धी छलफल सुरु गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनलगायतको तयारीलगायतका सांगठानिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरेको हो ।

आइतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरूको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, ‘सांगठनिक कतिपय विषयहरूको बारेमा निर्णय लिन केन्द्रीय समितिले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो । केन्द्रिय समितिको रिक्त पद पूर्ति गर्ने कि नगर्ने रु प्रदेशमा रहेका रिक्त पदाधिकारी पूर्ति गर्ने कि नगर्नेरु केन्द्रीय सदस्यहरूको कार्य विभाजन गर्ने, विषयमा स्थायी समितिले निर्णय लेओस भनेर केन्द्रीय समिति बैठकले निर्देशन दिएको थियो ।’

उहाँले थप्नुभयो, ‘भोलि बिहान ११ बजे बस्ने बैठकले त्यसबारेमा आवश्यक निर्णय लिनेछ । त्यसको साथसाथै हामी पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने र त्यो सम्मेलनलाई केन्द्रविन्दुमा राखेर सदस्यता नविकरण, वितरणदेखि सम्मेलनहरू तय गरेको सन्दर्भमा निर्वाचन निर्देशिका तयार गरेर वडा तहसम्म पठाउने बारेमा पनि बैठकमा एजेन्डा थियो । भोलि बस्ने बैठकले आवश्यक निर्णय लिनेछ ।’

Next Post

आज रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै

५ भाद्र २०७८, शनिबार १९:५६
काठमाण्डौ – आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने गर्दछन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । […]